राजनीति


पाँच श्रीलंकन नागरिकलाई निष्कासन गर्ने, यस्ता छन् मन्त्रिपरिषदका ८ निर्णय

पाँच श्रीलंकन नागरिकलाई निष्कासन गर्ने, यस्ता छन् मन्त्रिपरिषदका ८ निर्णय

नेपालखबर
साउन २, २०७६ बिहिबार १२:३६,

सरकारले ५ श्रीलंकन नागरिकलाई नेपालबाट निष्कासन गर्ने भएको छ। असार २९ गतेको मन्त्रिपरिषदले अवैधानिक रुपमा नेपाल बसेका ५ श्रीलंकन नागरिकलाई निष्कासन गर्ने निर्णय गरेको हो।

बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मन्त्रिपरषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले गैरकानूनी रुपमा बसिरहेका ५ नागरिकले तिर्नुपर्ने जरिवना र २ लाख ५० हजार र भिसा शूल्क ३७ हजार ३ सय ८० अमेरिकी डलर मिहान गरी निष्कासन गर्न लागिएको जानकारी दिए।

त्यस्तै मन्त्रिपरिषदले नेपाल र जर्मनीका परराष्ट्र मन्त्रालयबीच द्वीपक्षीय परामर्श संयन्त्र स्थापना गर्ने सम्बन्धी आशय पत्रमा नेपाल सरकारका तर्फबाट समकक्षी मिलाई हस्ताक्षर गर्न परराष्ट मन्त्रालयलाई स्वीकृति दिने निर्णय गरेको छ।

मनित्रपरिषदले प्रत्यक प्रदेशका नगरपालिकाका प्रमुख र उपप्रमुखमध्यबाट कम्तीमा तीन जना महिलासहित ७ जनालाई नगरविकास कोष सञ्चालक समितिको सदस्य पदमा मनोनयन गर्ने निर्णय गरेको छ। बैठकले राष्ट्रिय आवास कम्पनी लिमिटेडको महाप्रबन्धक पदमा नारायणप्रसाद बास्तोलालाई नियुक्त गरेको छ।

यस्तै, प्रदेशमा हस्तान्तरण भएका १४ वटा सडक डिभिजन कार्यालयलाई सडक विभागको कामसमेत निरन्तर गर्न लगाउने निर्णय गरिएको छ।

pm2

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .