ad ad

राजनीति


प्रहरी समायोजन तत्काल अगाडि बढाउन प्रधानमन्त्रीको निर्देशन

प्रहरी समायोजन तत्काल अगाडि बढाउन प्रधानमन्त्रीको निर्देशन

नेपालखबर
साउन १४, २०७७ बुधबार १६:११,

नेपाल प्रहरीको समायोजन प्रक्रिया अगाडि बढाउन प्रधानन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन्।

बुधबार प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीसहित बालुवाटारमा भएको छलफलमा गृहमन्त्री रामबहादुर थापालाई समायोजनको काम तत्काल अगाडि बढाउन निर्देशन दिएका हुन्।

त्यसअघि हालसम्म भएको समायोजनको प्रक्रिया र मिल्न बाँकी विषयबारे गृहमन्त्रालयले प्रधानमन्त्री सामु प्रस्तुत गरेको प्रदेश १ का आन्तरिक मामिलामन्त्री हिकमत कार्कीले बताए।

मिल्न बाँकी विषय प्रदेशका मन्त्रीहरुको राय समेतमा तत्काल टुंग्याउन प्रधानमन्त्रीले भनेका छन्। यसअघि प्रदेशका सुरक्षा हेर्ने मन्त्रीहरुले गृहमन्त्रीसँग भेट गर्दै समायोजन अगाडि बढाउन आग्रह गरेका थिए।

नेपाल प्रहरी समायोजनका लागि केही विषय टुंगो लगाउन बाँकी छ। ती विषय चाँडै छलफल गरेर टुंगो लगाउने र समायोजनको प्रक्रिया थाल्ने सरकारको तयारी छ।

कुन प्रदेशमा कति प्रहरी रहने, कुन तहको सुरक्षा कसले हेर्ने र संघ र प्रदेशको तालमेलको विषयलाई अन्तिम रुप दिन बाँकी रहेको कार्कीले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .