अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओब्राइनलाई कोरोना संक्रमण भएको छ।
अमेरिकी सञ्चार माध्यमहरुले सरकारी स्रोतहरुलाई उद्धृत गर्दै ओब्राइनलाई कोरोना संक्रमण भएको बताएका छन्।
गत साताको अन्त्यदेखि नै ओब्राइन कार्यालय नआएको समाचारमा बताइएको छ।
आफ्नै घरमा आइसोलेसनमा बसेका ओब्राइनले घरबाटै राष्ट्रिय सुरक्षा परिषद् सञ्चालन गरिरहेको बताइएको छ।
सञ्चारमाध्यमहरुका अनुसार उनले अधिकांश काम फोनबाट गर्ने गरेका छन्।
अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले भने यस विषयमा कुनै प्रतिक्रिया जनाएको छैन।
कोरोना भाइरसबाट संक्रमित हुने ओब्राइन ट्रम्प प्रशासनका उच्चअधिकारी हुन्।
ओब्राइन र राष्ट्रिय सुरक्षा परिषदका सदस्यहरुको पहिलेदेखि नै दैनिकरुपमा कोभिड–१९ को परीक्षण गर्ने गरिएको छ।

प्रतिक्रिया