राजनीति


बाढी प्रवाभित जिल्ला निरीक्षण गरेर फर्कियो मन्त्रीको टोली

बाढी प्रवाभित जिल्ला निरीक्षण गरेर फर्कियो मन्त्रीको टोली

नेपालखबर
साउन १, २०७६ बुधबार १२:३२,

तराईका बाढी प्रवाभित जिल्लाको  निरीक्षणका लागि गएको पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहितको जम्मो मन्त्रीको टोली आर्मी ब्यारेकबाटै फिर्ता भएको छ।

प्रदेश २ का बाढी प्रभावित जिल्लाहरुको निरीक्षणमा निस्केको पूर्वप्रधानमन्त्री नेपाल, उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, ऊर्जा मन्त्री वर्षमान पुन, भौतिक पूर्वधार तथा यातायातमन्त्री रघुवीर महासेठ विकास समितिका सभापति कल्याणी खड्का, राजपा अध्यक्ष मण्डलकासदस्य अनिल झा, नेकपाका प्रदेश २ का संयोजक प्रभु साह लगायतको  टोली बुधबार तराईका जिल्लाको निरीक्षण गरेर फिर्ता भएका छन्।

पूर्व प्रधानमन्त्री नेपालको गृह जिल्ला राैतहट  पुगेको टोली सदरमुकाम गौरको पुरेनवास्थित सेनाको गणमा स्थानीय प्रशासन र सरोकारवाला जानकारी लिए फर्किएको छ।

काठमाडौँबाट सेनाको हेलिकप्टरमा गएको टोली सिधैँ सेनाको इन्द्र बक्स गणमा ओर्लेर थियो र त्यही सुरक्षा निकायका प्रमुखसहित सरोकारवाला निकायका प्रमुख, जनप्रतिनिधि र राजनीतिक दलका प्रमुखलाई बोलाएर बाढी र डुबानबाट भएको क्षतिबारे जानकारी लिएको हो।

रौटहटका प्रमुख जिल्ला अधिकारी किरण थापाले रौटहटमा बाढी र ढुवानका कारण भएको क्षतिबारे जानकारी गराएका थिए।

‘मैले यहाँको बाढी र ढुवानको समस्या र क्षतिबारे मन्त्रीज्युहरुलाई जानकारी गराए’, नेपालखबरसँग कुरा गर्दै उनले भने, ‘अन्य सरोकारवाल निकायका प्रमुखहरुसँग पनि उहाँहरुले जानकारी लिनु भयो।’

प्रजिअ थापासँग सबै मन्त्रीहरुले आ–आफ्नो विभागीय जिम्माअनुसारको जानकारी लिएका थिए। ‘मैले यहाँका समग्र समस्या राखेँ’, प्रजिअ थापाले भने, ‘तत्काल स्वास्थ्यकर्मी उपलब्ध गराउनुपर्ने, अवरुद्ध सडक खुलाउनु र घरबारबिहीन भएकाहरुलाई राहत उपलब्ध गराउनुपर्ने यहाँको प्रमुख समस्या हो। यहीबारे मन्त्रीज्यूहरुको ध्यानाकर्षण गराए।’

पूर्वप्रधानमन्त्री नेपाल सहितको मन्त्रीको टोली ईशनाथ नगरपालिकास्थित बाढीबाट डुबानमा परेका बन्जाराहा गाउँ, लगायतका अन्य प्रभावित ठाउँमा जाने योजना भए पनि उनीहरु सदरमुकामबाट बाहिर निस्केनन्। प्रजिअ थापाले सडक अवरुद्ध भएका कारण सुरक्षाका दृष्टिले पनि अनुगमनमा नगएको जानकारी दिए। ‘गाडीमा हिँडाउने अवस्था नभएको हुँदा र उहाँहरु तराईका सबै जिल्लाको निरीक्षणका लागि आउनुभएका कारण जानकारी प्रभावित क्षेत्रमा लैजान सकेनौँ।’

प्रजिअलगायत सम्बन्धित निकायका प्रमुखसँग जानकारी लिएपछि पूर्वप्रधानमन्त्री नेपाल बाढी र डुबानका कारण हरेक वर्ष तराईका रौतहट, बारा, पर्सा, सर्लाही लगायतका जिल्लाहरुमा ठूलो धनजनको क्षति पुर्याउदै आएको हुँदा यसको दीर्घकालिन समाधान खोज्नु पर्ने बताए।

गृहमन्त्री थापालेबाढी तथा डुबान प्रभावित क्षेत्रमा राहत वितरण व्यवस्थित रुपमा सञ्चालन गर्न स्थानीय तहका प्रमुख तथा कर्मचारीहरुलाई निर्देशन दिए।

उनले आवश्यकता अनुसार सरकारले राहत उपलब्ध गराउने बताउँदै पीडित समक्ष राहत पु¥याउन निर्देशन दिए।

सो टोली आजै तराईका अन्य प्रभवित जिल्लाको हवाई निरीक्षण गरी राजधानी फिर्ता भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .