ad ad

राजनीति


शीतयुद्धको मानसिकता बोकेको अमेरिकाले ‘बौद्धिकता, नैतिकता र विश्वसनीयता’ गुमायोः चीन

शीतयुद्धको मानसिकता बोकेको अमेरिकाले ‘बौद्धिकता, नैतिकता र विश्वसनीयता’ गुमायोः चीन

नेपालखबर
साउन ३, २०७७ शनिबार १२:३,

चीनका विदेशमन्त्री वाङ यीले शनिबार रुसका विदेशमन्त्री सर्गी लेभरोभसँग टेलिफोनमा कुराकानी गर्दै यस्तो बताएको एससीएपपीले जनाएको छ।

सो क्रममा यीले लेभरोभसँग अमेरिका वैश्विक समस्याबाट भागेकाले चीन र रुसले मिलेर क्षेत्रीय सुरक्षा र कोरोना भाइरसको विषयमा एक साथ अगाडि बढ्नुपर्ने बताएका थिए।

‘अमेरिका पहिलो नीतिलाई बढावा दिएको अमेरिकाले अहंकार, एकतर्फी कार्य तथा डर र धम्की दिने कार्य गरेको छ। ठूला शक्ति त्यस्तो हुनु हुँदैन’ यीले सो क्रममा भनेका छन्,‘आफ्नो फाइदाको लागि अमेरिकाले चरम उपायहरुको सहारा लिएको छ जसले अन्तर्राष्ट्रिय सम्बन्धहरुमा टकराब सिर्जना गरेको छ। अमेरिकाले बौद्धिकता, नैतिकता र विश्वसनीयता गुमाएको छ।’

शनिबार चिनियाँ विदेशमन्त्रालयले जारी गरेको विज्ञप्तीमा अमेरिकाले ‘शीतयुद्ध’को मनस्थितीलाई अंगालेको साथै सन् १९५० ताका अमेरिकी सिनेटर विसकसिन जोसेफ मककार्थीलेजस्तै कम्युनिस्टविरुद्धको लडाइको भावना बोकेको आरोप लगाए।

अमेरिकाले चीनसँग अन्तर्राष्ट्रिय सम्बन्ध तथ अन्तर्राष्ट्रिय कानुन तोड्दै व्यवहार गरेको चीनको भनाइ छ। मन्त्रालयले जारी गरेको विज्ञप्तीमा चीनले आफ्नो मर्यादा र चासोलाई पूर्ण रुपमा रक्षा गर्ने पनि बताएको छ।

कोरोना भाइरसको उत्पत्तीको बारेमा अमेरिकाले बारम्बार चीनसँग प्रश्न गरेको छ। चीनले कोरोनाको जानकारी लुकाएका कारण विश्वभर यसको प्रकोप फैलिएको अमेरिकी अरोप छ।

चिनियाँ प्रविधि कम्पनीलाई चीन सरकारको जासुसीको माध्यम भन्दै अमेरिकाले हुवावो लगायतका कम्पनीमाथि प्रतिबन्ध लगाएको छ।

साथै अमेरिकाले हङकङ तथा ताइवानको स्वतन्त्रताको विषयमा वकालत गर्दै गर्दा अमेरिका र चीनबीच हाल तिव्र विवाद बढेको छ।

साथै अमेरिकाले चीनका ९ करोड २० लाखभन्दा बढी चिनियाँ कम्युनिस्ट पार्टीका सदस्यलाई अमेरिकामा प्रतिबन्ध लगाउने तयारी गरिरहँदा चीनको पछिल्लो अभिव्यक्ति आएको हो। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .