ad ad

राजनीति


स्थायी समिति बैठक स्थगित गरेर नेकपाले बोलायो सचिवालय बैठक

स्थायी समिति बैठक स्थगित गरेर नेकपाले बोलायो सचिवालय बैठक

नेपालखबर
साउन २, २०७७ शुक्रबार ८:१९,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले भोलि (शनिबार) सचिवालय बैठक बोलाएको छ।

महासचिव विष्णु पौडेलले दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार बिहान भएको छलफलमा भोलि (शनिबार) सचिवालयको बैठक बोलाउने सहमति भएको बताए।

‘भोलि ३ बजे सचिवालय बैठक बोलाउने दुई अध्यक्षबीच सहमति भएको छ’, महासचिव पौडेलले नेपालखबरसँग भने।

दुई अध्यक्षको छलफलपछि स्थायी समिति बैठक साउन ४ गतेसम्मका लागि स्थागित गरिएको छ।

महासचिव पौडेलले आजको बैठकमा कुनै औपचारिक सहमति नभए पनि सहमतिको प्रयासका लागि स्थायी समिति बैठक स्थगित गरेको बताए। 

‘आजको बैठकमा पनि कुनै मूर्त सहमति भएको छैन’, उनले भने, ‘सहमतिका लागि नै स्थायी समिति बैठक स्थगित गरेका हौँ।’

१० असारबाट सुरु भएको नेकपा स्थायी कमिटी बैठकमा बोल्ने अधिकांश सदस्यले ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि नेकपामा विवाद चुलिएको छ।

असार १८ गतेपछि स्थायी समितिको बैठक बस्न सकेको छैन। सहमतिका लागि भन्दै यसअघि असार २०, २२ र २४ गते बोलाइएको बैठक पनि स्थगित गरिएको थियो। बैठक स्थगित गरेर अध्यक्षद्वयबीच पटकपटक छलफल भए पनि अहिलेसम्म कुनै सहमति हुन सकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .