ad ad

राजनीति


प्रधानमन्त्रीविरुद्ध जनकपुरमा प्रदर्शन, अयोध्याबारेको अभिव्यक्ति फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी

प्रधानमन्त्रीविरुद्ध जनकपुरमा प्रदर्शन, अयोध्याबारेको अभिव्यक्ति फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी

शैलेन्द्र महतो
असार ३१, २०७७ बुधबार ८:११,

भगवान रामको जन्मस्थल पर्साको ठोरी रहेको भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिविरुद्ध जनकपुरमा प्रदर्शन भएको छ।

विश्वका करोडौं हिन्दु धर्मावलम्बीको आस्थामाथि प्रधानमन्त्री ओलीले ठेस पुर्याएको भन्दै हिन्दु परिषद नेपालले बुधबार जनकपुरमा प्रदर्शन गरेको हो।

साधुशन्त र युवाहरु समेत सहभागिता रहेको जुलुस नगरको विभिन्न भागको परिक्रमा गरी जनकचौकमा कोणासभा परिणत भएको थियो।

कोणासभामा साधुशन्तहरुले प्रधानमन्त्री ओलीले नेपाल–भारतबीचको सदियौंदेखिको रहेको सम्बन्धलाई कुतर्क गरेर तोड्न खोजेको भन्दै आक्रोश पोखेका थिए।

कोणसभामा बोल्दै रमानन्दीय वैष्णव संघ जनकपुरकरा महासचिव नवलकिशोर शरणले भगवान रामको जन्म भारत उत्तर प्रदेशको पवित्र सर्ययुग नदीको किनारमा अवस्थित अयोध्यामा रहेको र सीताको जन्मस्थल जनकपुर रहेकोमा प्रधानमन्त्री ओलीले दिएको उक्त अभिव्यक्तिले सनतात धर्मग्रन्थ तथा विश्वका करोडौं हिन्दुको आस्थामाथि बज्र प्रहार भएको बताए। 

रामानन्दीय वैष्णव संघले एक विज्ञप्तिसमेत जारी गर्दै प्रधानमन्त्रीले दिएको उक्त अभिव्यक्ति अविलम्ब फिर्ता नलिए आन्दोलन गर्ने समेत चेतावनी दिएको छ। प्रधानमन्त्रीको उक्त अभिव्यक्तिले दुई देशबीचको सदियौंदेखिको सम्बन्धमा समेत खलल पुग्ने वैष्णव संघको ठहर छ।

आदि कवि भानुभक्त अचार्यको जन्मजयन्तिका अवसरमा सोमबार प्रधानमन्त्री ओलीले भगवान रामको जन्मस्थल भारतको अयोध्या नभइ पर्साको वीरगञ्जस्थित चितवन ठोरी रहेको अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्री ओलीको उक्त अभिव्यक्तिलाई लिएर सर्वत्र आलोचना भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .