राजनीति


कोहलपुर नगरपालिकाद्वारा कर्णाली प्रदेशमा मिसिने घोषणा

कोहलपुर नगरपालिकाद्वारा कर्णाली प्रदेशमा मिसिने घोषणा

नेपालखबर
असार २८, २०७७ आइतबार १३:५३,

प्रदेश ५ को बाँकेमा रहेको कोहलपुर नगरपालिकाले कर्णाली प्रदेशमा मिसिने घोषणा गरेको छ।

कोहलपुर नगरपालिकाको हालै सम्पन्न नगरसभाले सर्वसम्मत रुपमा कर्णालीमा मिसिने घोषणा गरेको हो।

कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतले प्रदेश ५ को राजधानी बुटवल टाढा र अपायक परेका कारण कर्णाली प्रदेशमा मिसिने निर्णय गरिएको बताए।

‘बुटवल टाढा भयो। यहाँका जनतालाई अपायक परेको छ’ उनले भने, सुर्खेत राजधानी भए दुई घण्टामै जान आउन सकिन्छ। प्रदेश सरकारसँग स्थानीय तहका अपेक्षा धेरै हुन्छन्। नजिक राजधानी होस् भन्ने हो।’

प्रदेश ५ मा रहेका बाँके र बर्दियाका कतिपय स्थानीय तहले कर्णाली प्रदेशमा मिसिन सहमत भएका छन्। नेपालगञ्ज उपमहागरपालिकाले पनि कर्णालीमा मिसिने सहमति जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad