सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सहमति पालना नगरेकै कारण अहिलेको अवस्था आएको बताएका छन्।
चितवन जिल्ला पार्टीद्वारा आाइतबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा अध्यक्ष प्रचण्डले मंसिर ४ गते भएको सहमति कार्यान्वयन नगरे पनि आफूले कुनै गुनासो नगरेको बताए।
‘मंसिर ४ गते मलाई कार्यकारी अध्यक्षसहित पार्टी सञ्चालनको मुख्य जिम्मेवारी भनिएको थियो’, प्रचण्डले भने, यद्यपी त्यो राम्रोसँग लागू हुन पाएन।’

प्रतिक्रिया