प्रधानसेनापति पूर्णचन्द्र थापाले नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बधाइ एवम् शुभकामना दिएका छन्।
प्रधानसेनापति थापाले महानिरीक्षक क्षेत्रीलाई प्रहरी प्रधान कार्यालयमा शुक्रबार भेटघाट गरी नेपाल प्रहरीको सर्वोच्च पदमा नियुक्त भएकोमा सफल कार्यकालको शुभकामनासहित बधाइ दिएका हुन्।
भेटघाटका अवसरमा प्रधानसेनापति थापा र महानिरीक्षक क्षेत्रीबीच दुवै संगठनबीच आपसी हित, सहकार्य र समन्वयका सम्बन्धमा छलफल समेत भएको थियो।
त्यस अवसरमा प्रधानसेनापति थापाले महानिरीक्षक क्षेत्रीलाई अनुभव र ज्ञानको संगालो रहेका पुस्तकहरू र राष्ट्रको सुरक्षाको संकेतको रुपमा रहेको राष्ट्रिय हतियार खुकुरी समेत प्रदान गरेका थिए भने
महानिरीक्षक क्षेत्रीले प्रधानसेनापति थापालाई मायाको चिनो स्वरूप ‘मोमेन्टो’ प्रदान गरेका थिए।

प्रतिक्रिया