समाज


कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठनको टोली चीन प्रस्थान

कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठनको टोली चीन प्रस्थान

नेपालखबर
असार २६, २०७७ शुक्रबार १२:१४,

कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को टोली शुक्रबार चीन प्रस्थान गरेको छ।

टोलीमा डब्लूएचओका दुई सदस्य छन्, जो पशु विज्ञान र महामारी विज्ञानका ज्ञाता हुन्। उनीहरूले चीनका वैज्ञानिकसँग मिलेर कोरोना उत्पत्तिबारे अनुसन्धानको आगामी कार्यक्रम निर्धारण गर्नेछन्।

डब्लूएचओका प्रवक्ता मार्गरेट ह्यारिसले यो जानकारी दिएको बीबीसीले जनाएको छ।

उनले भने, ‘दुई सदस्य चीन गएका छन्, याे अनुसन्धानकाे दायरा बुझ्ने प्रारम्भिक टोली हाे।’

अहिले विश्वभर महामारी बनिरहेको कोरोना भाइरसको संक्रमण डिसेम्बर अन्तिम साता चीनको वुहानस्थित मासु बजारबाट सुरु भएको भनिए पनि अझै यसको वास्तविकता पत्ता लागेको छैन। यो भाइरस जनावरबाट मानिसमा सरेको भन्नेमा धेरै वैज्ञानिक सहमत भए पनि अहिलेसम्म यही जनावरबाट यसरी सरेको हो भन्ने एकिन गर्न कसैले सकेका छैनन्।

अब विश्व स्वास्थ्य संगठनको टोलीले यसको वास्तविकता पत्ता लगाउन प्रयास गर्ने बताइएको छ। कोरोना उत्पत्तिको वास्तविक तथ्य पत्ता लागे यसकाे नियन्त्रण गर्ने उपाय पनि पत्ता लाग्ने विश्व स्वास्थ्य संगठनको विश्वास छ।

चीनले सुरुमै सही जानकारी नदिएका कारण काेराेनाले महामारीकाे रुप लिएकाे भनेर अमेरिकाले आरोप लगाइरहेकाे सन्दर्भमा पनि याे अनुसन्धानलाई चासाेपूर्वक हेरिएकाे छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad