ad ad

राजनीति


सरिता गिरीलाई पार्टीको साधारण सदस्य र सांसद नरहने गरी कारवाही गर्ने समाजवादीको निर्णय

सरिता गिरीलाई पार्टीको साधारण सदस्य र सांसद नरहने गरी कारवाही गर्ने समाजवादीको निर्णय

नेपालखबर
असार २३, २०७७ मंगलबार १०:४९,

संघीय समाजवादी पार्टीले सांसद सरिता गिरीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी सांसद पदबाट हटाउने निर्णय गरेको छ।

‘नेपालको संविधान दोस्रो संशोधन विधेयकको सम्बन्धमा सरिता गिरीको अभिव्यक्तिबारे समाजवादी पार्टीको सो निर्णय संसदलाई जानकारी दिइने’ सो पार्टीका केन्द्रीय सदस्य विश्वदीप पाण्डेले जनाएका छन्।

पार्टी ह्वीपको उल्लंघन गरेको आरोपमा समाजवादी पार्टीको पदाधिकारी बैठकले उनलाई संसद र पार्टी दुबैमा नरहने गरी कारवाही गर्ने निर्णय गरेको हो।

लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सासहितको निसान छाप बदल्नका लागि जेठ ३१ गते भएको संविधान संशोधनमा गिरीले मतदान बहिष्कार गरेकी थिइन्।

समाजवादी पार्टीले संविधान संशोधनका पक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो।

तर संसद बैठक चलिरहँदा बाहिरिएकी सांसद गिरीले सार्वजनिक रुपमा पनि सो नक्सा जारी गर्ने सरकारी निर्णयको बिरोध गरेकी थिइन्।

Samajbadi sarita

याे पनि : नयाँ नक्साको विरोध गरेकी सरिता गिरीलाई सांसद नरहने गरी कारवाहीको तयारी

संविधान संशोधन बहिष्कार गरेकोमा सरिता गिरीसँग समाजवादी पार्टीले माग्यो स्पष्टीकरण

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .