ad ad

समाज


नेपालमा कोरोना संक्रमितको संख्या घट्दो, ४६.४ प्रतिशत निको भए

नेपालमा कोरोना संक्रमितको संख्या घट्दो, ४६.४ प्रतिशत निको भए

नेपालखबर
असार २३, २०७७ मंगलबार १०:५५,

नेपालमा पछिल्लो पाँच दिनमा कोरोना संक्रमितको संख्या क्रमशः घट्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मंगलबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गोतमले पछिल्लो पाँच दिनमा नेपालमा कोरोना संक्रमितको संख्या घट्दै गएको जानकारी दिए।

प्रवक्ता गौतमले असार १९ देखि ३२ गतेसम्मको तथ्यांक गर्दै नेपालमा कोरोना संक्रमितको संख्या घट्दै गएको बताए।

उनले १९ गते ४ हजार ४८३, २० गते ४ हजार ५०, २१ ४ हजार ७१०, २२ गते ४ हजार ७०० र २३ गते ६ हजार १३३ जनाको आरटीपीसीआर परीक्षण गरेको जनाकारी दिए

असार १९ गते ७४०, २० गते २३२, २१ गते २९३, २२ गते १८० जना र २३ गते २०४ जनामा कोरोना पोजिटिभ देखिएको बताए।

प्रवक्ता गौतमले पोजिटिभ हुनेको प्रतिशत १९ गते १६.५, २० गते ५.७, २१ गते ६.२, २२ गते ३.८ र ३२ गते ३.३ रहेको बताए। उनले यो तथ्यांकले नेपालमा कोरोना संक्रमितको संख्या घट्दो क्रममा रहेर आज ३.३ मा आइपुगेको बताए।

प्रवक्ता गौतमका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ६८८ कोरोना मुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ७ हजार ४९९ जना पुगेको छ।

नेपालमा कारोना निको हुनेको संख्याको प्रतिशत ४६.४ रहेको उनले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .