राजनीति


अनसनकारीसँग सरकारी प्रतिनिधिले भने: आरडीटी परीक्षण रोक्छौं

अनसनकारीसँग सरकारी प्रतिनिधिले भने: आरडीटी परीक्षण रोक्छौं

नेपालखबर
असार २२, २०७७ सोमबार १५:१९,

सरकारी प्रतिनिधि र इनफ इज इनफ अभियानका अनसनकारीबीच सोमबार वार्ता भएको छ।

दुई पक्ष सहमतिनजिक पुगेको सरकारी पक्षको भनाई छ।

कोरोना संक्रमण नियन्त्रण कार्यलाई पारदर्शी र प्रभावकारी रुपमा व्यवस्थापन गर्नुपर्ने माग गर्दै इनफ इज इनफ अभियानका इशान (ई) र पुकार बम ११ दिनदेखि अनसनमा छन्।

उनीहरुसँग स्वास्थ्य मन्त्रालयका तर्फबाट डा. रोशन पोखरेल, डा. सन्तोष पौडेल र डा. समीर अधिकारीले वार्ता गरेका थिए।

राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डा. पौडेलका अनुसार उनीहरुले अनसनकारीको मागअनुसार आरडीटी परीक्षण रोक्ने सहमति जनाएका छन्।

अनसनकारीले विदेशबाट आएपछि होल्डिङ सेन्टरमा राखिएका व्यक्तिहरु सबैको पीसीआर परीक्षण गर्नुपर्ने माग गरेकोमा प्राबिधिक र व्यवहारिकरुपमा सम्भव हुने जतिको गर्ने प्रतिबद्धता जनाएको पौडेलले नेपालखबरसँग बताए।

अनसनकारीको तर्फबाट वार्तामा सहभागी आलोक सुवेदीले भने अहिले वार्ता जारी नै रहेको र भोलीसम्म कुराकानी निष्कर्षमा पुगेपछि मात्र सहमतिबारे औपचारिकरुपमा जानकारी सार्वजनिक गरिने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad