खेल


सीपीएलमा सन्दीप न्यूनतम एक करोड ८ लाखमा अनुबन्धित

सीपीएलमा सन्दीप न्यूनतम एक करोड ८ लाखमा अनुबन्धित

नेपालखबर
असार २२, २०७७ सोमबार १६:२,

नेपाली स्पिनर सन्दीप लामिछाने यस सिजनको क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी-ट्वान्टी फ्रेन्चाइजी क्रिकेटमा न्यूनतम १ करोड ८ लाख रुपैयाँमा अनुबन्धित भएका छन।

सन्दीपले यस सिजनमा तोकेको आफ्नो मुल्य न्यूनतम ९० हजार अमेरिकी डलर(१ करोड ८ लाख रुपैयाँ)रुपैयाँ दिएर सोमबार भएको ड्राफ्टबाट जमैका तलावाजले उनलाई अनुबन्ध गरेको हो। यस सिजनमा अनुबन्ध भएसँगै सीपीएलले सन्दीपलाई स्वागत गरेको छ।  

Image

तर क्रिकेटको लोकप्रिय अनलाइन क्रिकइन्फोले सन्दीपलाई तलावाजले १ लाख ३० हजार अमेरिकी डलर(१ करोड ५५ लाख रुपैयाँ)मा अनुबन्ध गरेको जनाएको छ।

वेस्ट इन्डिजको यो लिगमा तेस्रो पटक खेल्न लागेका सन्दीपले पाएको यो सबैभन्दा ठूलो मुल्य हो। 

सन्दीपले यसअघि सेन्ट किट्स एन्ड नाभिस प्याट्रियट्स र बार्बाडोस ट्राइडेन्ट्सबाट सीपीएल खेलिसकेका छन।

सन्दीपले पहिलो सिजन सेन्ट किट्सबाट खेल्दा ५ हजार अमेरिकी डलरमात्रै पाएका थिए भने र बार्बाडोसले उनलाई ७० हजार अमेरिकी डलरमा अनुबन्धन गरेको थियो।

सन्दीपको टोलीमा यी खेलाडीहरु छन्:
Image

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad