राजनीति


प्रचण्डको सचिवालय भन्छः सहमतीको ५ बुँदे मस्यौदा निराधार हो, भ्रममा नपरौं

प्रचण्डको सचिवालय भन्छः सहमतीको ५ बुँदे मस्यौदा निराधार हो, भ्रममा नपरौं

नेपालखबर
असार २१, २०७७ आइतबार १७:२३,

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले पार्टीमा सहमतिका लागि ५ बुँदे मस्यौदा तयार गरिएको भन्ने निराधार हल्ला भएको भन्दै भ्रममा नपर्न आग्रह गरेको छ।

आइतबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष प्रचण्डको टोलीबीच बालुवाटारमा छलफल भएपछि सहमतिको ५ बुँदे मस्यौदा तयार गरिएको चर्चा भएको थियो।

सहमतिका ५ बुँदे मस्यौदा भन्दै सामाजिक सञ्जालमा भएको चर्चामा प्रधानमन्त्रीमा ओलीको निरन्तरता, कार्यकारी अध्यक्षमा प्रचण्ड, माधव नेपालको संयोजकत्वमा सरकार सञ्चालन संयन्त्र र शक्ति बाँडफँटका आधारमा मन्त्रीपरिषदको पुनर्गठनजस्ता विषय उल्लेख छ।

अध्यक्ष प्रचण्डको स्वकीय सचिव गंगा दाहालले आइतबार राती त्यसको खण्डन गरेकी हुन्।

‘अध्यक्ष कमरेड प्रचण्ड पार्टीलाई फुटबाट बचाउन र सहमति खोज्नका लागि अहोरात्र खटिनुभएको जगजाहेर नै छ’, दाहालले भनेकी छन्, ‘यसैबीच भर्खरै सामाजिक सञ्जालमा सहमतिका लागि तयार गरिएको ५ बुँदे ड्राफ्ट भन्दै गरिएको प्रपोगान्डमा कुनै सत्यता नभएको र पार्टी एकता विरोधीको निराधार हल्लाको भ्रममा नपर्न आग्रह गर्दछौं।’

ओली र प्रचण्ड आइतबारको भेटमा पहिलेभन्दा छुट्टै तरिकाले आफ्नो टिमसहित बसेका थिए। ओलीसँग ईश्वर पोखरेल, विष्णु पौडेल र शंकर पोखरेल थिए भने प्रचण्डतर्फ वर्षमान पुन र जनार्दन शर्मा थिए।

भेटवार्तापछि सहभागी चार जना नेताको अनौपचारिक टोलीलाई सहमतिका आधार तयार गर्न जिम्मेवारी दिइएको छ।

बरु वार्तामा बसेका नेताहरूले दुई अध्यक्षबीच सवाल जवाफ भएको तर सहमतिको कुनै संभावना नदेखिएको बताएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad