राजनीति


नेकपा प्रवक्ता भन्छन् : राष्ट्रपतिबिरुद्ध महाअभियोगको चर्चा अनर्गल प्रचार

नेकपा प्रवक्ता भन्छन् : राष्ट्रपतिबिरुद्ध महाअभियोगको चर्चा अनर्गल प्रचार

नेपालखबर
असार २०, २०७७ शनिबार १६:२७,

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ मन्त्री, राज्यमन्त्री र आफ्नो सल्लाहकारहरुलाई बालुवाटार बोलाएर आफू र राष्ट्रपति दुवैलाई हटाउने षडयन्त्र भएको भन्ने भनाई आइरहेका बेला सत्तारुढ नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले त्यसको खण्डन गरेका छन्।

प्रधानमन्त्रीले आफ्नै पार्टीबाट त्यस्तो षडयन्त्र भएको भनिरहेका बेला उनकै पार्टीका प्रवक्ताले त्यसको खण्डन गरेका हुन्।

श्रेष्ठले त्यस्तो भनाई राष्ट्रप्रमुख जस्तो सम्मानित संस्थालाई विवादमा ल्याउने प्रयास भनी टिप्पणी गरेका छन्।

‘हाम्रो राष्ट्राध्यक्ष राष्ट्रपति सम्मानित संस्था हो। यो गरिमामय सँस्थालाई कसैले पनि आ–आफ्नो स्वार्थका लागि विवादमा नतानौं। राष्ट्रपतिको बिरुध्द महाअभियोग प्रस्ताव ल्याउने अनर्गल झुठा प्रचार कसैले नगरौं ।राष्ट्रपति संस्थाको अवमुल्यन नगरौं। राष्ट्रपतिज्यु स्वयंको पनि ध्यान जाने नै छ,’ श्रेष्ठले शनिबार साँझ सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्। 

याे पनि: प्रधानमन्त्रीले मन्त्रीहरुलाई भने : म बाइफोर्स स्टेप चाल्दैछु, तपाईंहरु कता लाग्ने निर्णय गर्नुस्

नेकपा विवादलाई पहिलो विश्व युद्धसँग तुलना गर्दै मन्त्रीले प्रधानमन्त्रीलाई भने स्वार्थ समुहको कुरा नसुनौं 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad