राजनीति


कांग्रेसले बनायो ‘कोभिड-१९ अनुगमन समिति’

कांग्रेसले बनायो ‘कोभिड-१९ अनुगमन समिति’

नेपालखबर
असार १९, २०७७ शुक्रबार १२:५७,

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिका सम्बन्धमा अनुगमन गर्न सहमहामन्त्री डा. प्रकाशरण महतको संयोजकत्वमा समिति गठन गरेको छ।

पार्टी केन्द्रीय कार्यसमितिको गत जेठ २६ गते बसेको बैठकले गठन गर्ने निर्णय गरे बमोजिम ‘कोभिड—१९ अनुगमन समिति’ ले आज पूर्णता पाएको कांग्रेसले जनाएको छ। उक्त समितिमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्य र विभिन्न क्षेत्रका विज्ञहरु सहित ३५ सदस्य रहेका छन्।

सदस्यहरुमा एनपी साउँद, महालक्ष्मी उपाध्याय ‘डिना’, डा. चन्द्र भण्डारी, महेन्द्र यादव, गगनकुमार थापा, जीवन परियारलगायत छन्।

सो समितिको आज बसेको बैठकमा कोभिड–१९ को कारण उत्पन्न परिस्थितिको सम्बन्धमा स्वास्थ्य र अर्थ मन्त्रीहरुसँग भएको छलफल, क्वारेन्टिन अनुगमन गर्दाको अवस्था लगायत हालसम्म भएका विविध विषयमा छलफल भएको समितिले जनाएको छ।

बैठकले समितिको कार्यदिशा तथा कार्ययोजनालाई सर्वसम्मत पारित गरेको छ। साथै स्वास्थ्य, शिक्षा, पर्यटन, वैदेशिक रोजगार, अर्थ, उद्योग तथा वाणिज्य लगायतका विभिन्न क्षेत्रहरुमा कोरोनाले पारेको प्रभाव र प्रभाव न्यूनिकरण गर्न हालसम्म सरकारबाट गरिएका गतिविधिका बारेमा अध्ययन गर्न छुट्टाछुट्टै समूह गठन गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad