खेल


अनलाइन काता च्याम्पियनसिपमा नेपाललाई चार स्वर्ण

अनलाइन काता च्याम्पियनसिपमा नेपाललाई चार स्वर्ण

नेपालखबर
असार १९, २०७७ शुक्रबार ९:४२,

आईएसकेयू ईन्टरनेशनल अनलाइन काता च्याम्पियनसिप २०२० मा नेपालले ४ स्वर्ण पदक हात पारेको छ। नरहरिपुर कराते डोजोकी सञ्जु देसारले महिला क्याडेट ईभेन्ट्समा स्वर्ण जितेकी हुन्। उनले श्रीलङकाकी एसएभी देभमिनी डि सिल्भालाई पराजित गर्दै स्वर्ण जितिन्। 

यस्तै ७ वर्ष मुनिको स्पर्धामा आयोजक भारतका सात्विक खेतानलाई पराजित गर्दै नेपालका प्रशन्न घर्ती मगरले नेपालका लागि स्वर्ण हात पारे। ८ वर्ष मुनिको स्पर्धामा श्रीलङकाका थरुशा लकमललाई पराजित गर्दै सत्कार घर्ती मगरले स्वर्ण हात पारे। महिला १० वर्ष मुनिको स्पर्धामा ईरानकी साबा रोहीलाई हराउँदै दिक्षा महताराले स्वर्ण जितिन्।

ईन्टरनेशनल सोतोकान कराते युनाईटेड (आईएसकेयु) र ईन्स्टिच्युट अफ सोतोकान कराते युनाईटेड (आईएसकेयु) को संयुक्त आयोजनामा भएको च्याम्पियनसिपमा नेपालले ३ रजत पदक पनि हात पार्यो। पुरुष क्याडेट तर्फ मनिष कार्की, महिला ९ वर्ष मुनिको स्पर्धामा स्वेता तामाङ र १३ वर्ष मुनिको समूहमा श्रृजना महताराले रजत प्राप्त गरे।

२ जुलाई देखि सञ्चालन भएको च्याम्पियनसिपमा ९ वर्ष मुनिको पुरुष स्पर्धामा मुकेश खड्का, १० वर्ष मुनिको स्पर्धामा ओन्तो घर्ती मगर र १३ वर्ष मुनिको स्पर्धामा अमृत थोकरले कास्य पदक प्राप्त गरे।
च्याम्पियनसिप ५ जुलाईसम्म सञ्चालन हुने प्रशिक्षक एवं खेलाडी रविन्द्र मानन्धरले जानकारी गराएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad