राजनीति


अध्यक्ष प्रचण्डले नै मागे प्रधानमन्त्रीको राजीनामा

अध्यक्ष प्रचण्डले नै मागे प्रधानमन्त्रीको राजीनामा

नेपालखबर
असार १६, २०७७ मंगलबार १०:३८,

सत्तारुढ नेकपाको स्थायी समिति बैठकमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन्।

उनीसँगै अरु वरिष्ठ नेताहरुले समेत ओलीको राजीनामा मागेका छन्।

मंगलबारको बैठकमा बोल्दै अध्यक्ष प्रचण्ड, बरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालले सरकार र पार्टी सञ्चालनमा असफल भएकाले राजीनामा दिएर मार्ग प्रशस्त गर्न माग गरेका हुन्।

बैठकको सुरुमै अध्यक्ष प्रचण्डले नम्र स्वरमा बोल्न सुरु गरेका थिए। तर, विस्तारै उनी कडारुपमा प्रस्तुत भएको बैठकमा उपस्थित एक नेताले जानकारी दिए।
उनले पछिल्ला राजनीतिक घटनाक्रमको व्याख्या गर्दै यस अवधिमा भएका गल्ति कमजोरी औँल्याएका थिए।

त्यसपछि प्रचण्डले प्रधानमन्त्री ओलीले आइतबार ‘सरकार ढाल्न भारत र नेपालकै केही राजनीतिक शक्ति सक्रिय रहेको भन्ने’ भनाईतिर संकेत गर्दै सरकार र पार्टी दुबैमा असफल भएकोले आँफैले राजीनामा मागेको बताए।

‘बुधबारको बैठकमै मैले तपाईँबाट सरकार र पार्टी सञ्चालन राम्रो नभएको बताएको हुँ,’ एक स्थायी कमिटी सदस्यले प्रचण्डको भनाई उद्धृत गर्दै भने, ‘अहिले फेरि पनि भन्छु राजीनामा दिएर मार्ग प्रशस्त गर्नुस्।’

याे पनि: सरकार र पार्टी सञ्चालनप्रति माधव नेपालले पोखे तीव्र असन्तुष्टि

दिल्ली र नेपालका शक्ति लागेर मलाई हटाउन खोजिँदैछ : प्रधानमन्त्री ओली (भिडियाे)

प्रधानमन्त्रीसँग नेताहरुको मागः भारतले सरकार ढाल्न खोजेको भन्ने भनाइ प्रस्ट पार्नुस्

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad