ad ad

राजनीति


अमेरिकी राष्ट्रपति ट्रम्पलाई पक्राउ गर्न इरानले माग्यो इन्टरपोलको सहयोग

अमेरिकी राष्ट्रपति ट्रम्पलाई पक्राउ गर्न इरानले माग्यो इन्टरपोलको सहयोग

नेपालखबर
असार १५, २०७७ सोमबार ११:३२,

ट्रम्पलाई पक्राउ गर्न इरानले इन्टरपोलको समेत सहयोग मागेको अल्जाजिराले जनाएको छ।

गत जनवरी ३ मा आफ्ना सैन्य कमाण्डर बिना कारण हत्या गरेको भन्दै इरानले ट्रम्पसहित अन्य ३० भन्दाबढी व्यक्तिहरुलाई पक्राउ गर्न भनेको हो।

समाचार संस्था इस्नाका अनुसार ट्रम्पसहित अन्य ३० भन्दा बढीलाई कासिम सुलेमानीको हत्यामा संलग्न भएको आरोपमा ‘हत्या र आतंकवाद’ को आरोप लगाइएको छ।

इरानी सैन्य कमाण्डर कासिम सुलेमानी आतंकवादी भएको र उनी अमेरिकाको लागि खतरा सावित भएको भन्दै गत जनवरीमा अमेरिकाले इराकमा ड्रोन आक्रमण गर्दै उनको हत्या गरेको थियो।

ट्रम्पले अमेरिकाविरुद्ध आक्रमणको योजना बनाउने जसलाई पनि अमेरिकाले कारवाही गर्ने बताएका थिए।

कासिम सुलेमानीको हत्यापछि अमेरिका र इरानको सम्बन्ध झनै बिग्रिएको छ।

अमेरिकाले सुलेमानीको हत्या गरेपछि इरानले पनि इराकस्थित अमेरिकी सैन्य क्याम्पमा आक्रमण गरेको थियो। उक्त आक्रमणमा कसैको मृत्यु भएको थिएन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .