सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठकको तेस्रो दिन आज पनि नेपाल–भारत सीमाकै विषयमा छलफल हुने भएको छ।
शुक्रबारको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि नेताहरुको बोल्ने क्रम परिमार्जन गरिएको थियो।
सचिवालयका सदस्यहरुले बोल्ने क्रमको सट्टामा स्थायी समितिका अन्य नेताहरुले आफ्नो धारणा राखेका थिए।
शनिबारको बैठकमा पनि सोही विषयमा बोल्न बाँकी रहेका नेताहरूले बोल्ने तयारी रहेको उक नेताले बताए।
बैठक बस्नका लागि अहिले प्रधानमन्त्री निवास बालुवाटारमा सबै नेता उपस्थित भए पनि प्रधानमन्त्री ओली आइनपुगेको एक नेताले बताए। उनले प्रधानमन्त्री नआए पनि छलफल जारी रहने बताए।
‘बैठकका लागि सबै नेताहरु बालुवाटार आइपुग्नु भएको छ तर प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली भने अहिलेसम्म आइपुग्नुभएको छैन’, नेपालखबरसँग ती नेताले भने, ‘प्रधानमन्त्री नआए पनि छलफल भने रोकिँदैन।’
शुक्रबारकाे बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल–भारत सीमा समस्या र त्यसको समधानका लागि सरकारको प्रयासका बारेमा जानकारी गराएका थिए। शुक्रबार उक्त विषयमा १८ जना नेताले बोलेका थिए भने बाँकीले आज बोल्ने कार्यक्रम रहेको छ।
Shares

प्रतिक्रिया