राजनीति


नेपालकाे नयाँ नक्साको विरोध गर्ने सरिता गिरीविरुद्ध उजुरी

नेपालकाे नयाँ नक्साको विरोध गर्ने सरिता गिरीविरुद्ध उजुरी

नेपालखबर
असार ५, २०७७ शुक्रबार १५:४०,

नेपालको नयाँ नक्साको विपक्षमा उभिएकी सांसद सरिता गिरीविरुद्ध राज्यविरुद्धको कसुरमा कारबाही माग गर्दै प्रहरीमा उजुरी परेको छ।

अधिवक्तात्रय सन्तोष भण्डारी, सुजन नेपाल र नवराज पाण्डेले सांसद गिरीविरुद्ध काठमाडौं महानगरीय प्रहरी परिसरमा जाहेरी दिएका हुन्।

शुक्रबार अपराह्न ५ बजे सांसद गिरीविरुद्ध उजुरी दर्ता भएको प्रहरीले जनाएको छ। अदालतले अनुमति दिएपछि प्रहरीले उनलाई पक्राउ गर्नेछ।

भारतले अतिक्रमण गरेकाे नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर बनाइएकाे नेपालकाे नयाँ नक्सा निसान छापमा राख्न गरिएको संविधान संशोधन विधेयक खारेजीको मागसहित उनले संशोधन प्रस्ताव दर्ता गराएकी थिइन्।

याे पनि: लिपुलेकसहितकाे नक्सा खारेजीकाे माग गर्दै सरिता गिरीद्वारा संशाेधन दर्ता

उनकाे पार्टी जनता समाजवादी पार्टीले त्याे फिर्ता लिन निर्देशन दिँदासमेत उनले लिइनन्। 

जसका कारण अहिले उनकाे व्यापक विराेध भइरहेकाे छ। 

सांसद गिरीले राष्ट्रिय एकतामा खलल पार्ने काम गरेको उजुरीमा उल्लेख छ। कसुर ठहर भए मुलुकी अपराध संहिता-२०७४,  ४९ काे दफा ५ उपदफा १ वा २ बमोजिम जन्मकैद सजाय हुनेछ। 

sarita2

sarita1

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad