ad ad

राजनीति


कोरोना संकटपछि चीनको भ्रमण गर्ने योजनामा छु : प्रचण्ड

कोरोना संकटपछि चीनको भ्रमण गर्ने योजनामा छु : प्रचण्ड

नेपालखबर
असार ५, २०७७ शुक्रबार ११:४०,

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जारी कोरोना संक्रमणको संकट सकिएपछि आफू चीन भ्रमणमा आउने बताएका छन्।

उनले गत डिसेम्बर महिनामा आफू नेकपाका केन्द्रीय सदस्यहरुको एउटा डेलिगेसनलाई नेतृत्व गर्दै आउने तयारीमा रहेको तर प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यका कारण स्थगित गर्नुपरेको उनले बताएका छन्।

‘कोभिड–१९ महामारीका कारण रोकिएको यात्रा सकिएसँगै कम्युनिष्ट पार्टीको एक उच्चस्तरीय डेलिगेसनको नेतृत्व गर्दै दुवै तर्फका लागि अनुकुल हुने मितिमा चीन आउने मेरो प्रतिबद्धता म दोहोर्‍याउन चाहन्छु,’ प्रचण्डले नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीका नेताबीच शुक्रबार भएको भर्चुअल अन्तरक्रियामा बताए।

याे पनि: चिनियाँ नेताहरुसँग प्रचण्डले भने : सुरक्षा गठबन्धनसँग जोडिने कुनै सहयोग लिँदैनौं

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .