ad ad

राजनीति


भारतको त कुरै छाडौँ, यूएईबाट समेत डब्लूएचओको मान्यताविपरीत परीक्षण नगरी नेपालीलाई फिर्ता पठाइयो : प्रधानमन्त्री

भारतको त कुरै छाडौँ, यूएईबाट समेत डब्लूएचओको मान्यताविपरीत परीक्षण नगरी नेपालीलाई फिर्ता पठाइयो : प्रधानमन्त्री

नेपालखबर
असार ४, २०७७ बिहिबार ९:६,

प्रधानमन्त्री केपी शर्मा ओलीले यूएईले नेपालीहरुलाई फिर्ता पठाउँदा कोरोना परीक्षण नगरिकन पठाएर झुक्याएको बताए।

केही दिनअघि युएईबाट उद्धार गरिएकाहरुमा कोरोना पोजिटिभ देखिएपछि प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

बिहीबार राष्ट्रियसभामा बोल्दै प्रधानमन्त्री ओलीले बाहिरबाट मान्छे ल्याउँदा सम्बिन्धत देशले परीक्षण गरेर पठाउनुपर्ने व्यवस्था रहेको बताए।

प्रधानन्त्री ओलीले सरकारले बाहिरबाट मान्छे ल्याउन थालेको र यो क्रम केही पछिसम्म रहने बताए।

‘विदेशबाट ल्याउँदा कोभिड संक्रमित छ छैन टेस्ट गरेर ल्याउनु पर्नेमा कुनै कुनै देशले टेस्ट नगरी पठाइदिएको स्थित हुँदो रहेछ’, प्रधानमन्त्री ओलीले भने, ‘अस्ति हामी यूएईको सम्बन्धमा अलिकति अल्मल्याइऊ, वा अल्मलियौँ, टेस्ट नै नगरी मानिसहरु आए।’ उनले डब्ल्यूएचओको मान्यतामा त्ययरी पठाउन नपाइने उनले बताए।

उनले भारतबाट आउनेको परीक्षणको कल्पना नै नगरिएको बताए।

‘भारतबाट त कुरौँ छाडिदिऊ, त्यहाँबाट टेस्ट गरेर पठाउने कुराको अपेक्षा नै गर्न सकिँदैन’, उनले भने, ‘त्यो त एउटा हुल आएको हो, जब एक महिनामा २ लाख ४१ हजार ८ सय ६२ जना आउछन्, त्यहाँ टेस्ट हुने कुरै भएन।’

उनले अरुदेशबाट भने टेस्ट गरेर ल्याउने गरेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .