सीमामा २० सैनिक मारिएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलो पटक प्रतिक्रिया दिएका छन्।
उनले सैनिकहरुको बलिदान खेर नजाने बताए।
‘म देशलाई आश्वस्त पार्न चाहान्छु जवानहरुको बलिदान खेर जाने छैन,’ उनले भने।
‘भारत शान्ति चाहन्छ तर कसैले उक्साए हामी त्यसको जवाफ दिन सक्षम छौँ,’ उनले थपे।
उनले मृत सैनिकप्रति श्रद्धाञ्जलि दिँदै आफ्ना सैनिक मार्दामार्दै मरेको बताए।
3
Shares

प्रतिक्रिया