कारोबार


बैंक अफ काठमाण्डूद्वारा बीमा दाबी रकम भुक्तानी

बैंक अफ काठमाण्डूद्वारा बीमा दाबी रकम भुक्तानी

नेपालखबर
असार ३, २०७७ बुधबार १०:७,

बैंक अफ काठमाण्डू लिमिटेडको विराटनगर शाखाले बिओके प्रिमियम तलब खाता अन्तर्गत बीमा दाबी रकम हस्तान्तण गरेको छ।

उक्त शाखाका खातावाहक अमिर चौधरीको दुर्घटनामा परी असामयिक निधन भएकोले बैंकले दाबी रकम स्व. चौधरीकी श्रीमती मनिषा चौधरीलाई हस्तान्तरण गरेकाे हाे।

बीमा सेवा प्रदायक कम्पनी श्री सिद्धार्थ इन्सुरेन्स कम्पनी लिमिटेडसँगकाे समन्वयमा बैंककाे प्रदेश नं. १ का प्रादेशिक कार्यालय प्रमुख दिपेन्द्र बुढाथोकीले उक्त बीमा रकम प्रदान गरेका हुन्।

बैंकले हाल ८९ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad