हालै लद्दाख नजिकको विवादित क्षेत्रमा चिनियाँ र भारतीय सेनाबीच विवाद हुँदा २० भारतीय सेना चिनियाँ सेनाको आक्रमणमा मारिएका छन्।
सीमा विवाद उत्कर्षमा पुगेका बेला रक्षामन्त्री राजनाथ सिंहले ट्वीट गर्दै सीमा क्षेत्रमा भारतीय सेनाले बहादुरी देखाएको र उनीहरुको बलिदान देशले कहिल्यै नबिर्सिने बताएका छन्।
— Rajnath Singh (@rajnathsingh) June 17, 2020The loss of soldiers in Galwan is deeply disturbing and painful. Our soldiers displayed exemplary courage and valour in the line of duty and sacrificed their lives in the highest traditions of the Indian Army.
‘देशले उनीहरुको बहादुरी र बलिदान कहिल्यै भुल्नेछैन। यो कठिन घडीमा राष्ट्र सेनाका परिवारसँग काँधमा काँध मिलाएर एकसाथ उभिएको छ।’ उनले ट्वीटमा भनेका छन्,‘गलवानमा सेना गुमाउनु पीडादायी र चिन्ताजनक विषय हो। हाम्रा सेनाले सिमानामा उदाहरणीय साहस र बहादुरी प्रस्तुत गरे र भारतीय सेनाको सर्वोच्च परम्परालाई कायम राख्दै आफ्नो जीवन बलिदान दिए।’
हालैको झडपमा भारतीय सञ्चारमाध्यमहरुले चिनियाँ सैनिक पनि मारिएको बताएका छन् तर चीन सरकारले आफ्ना सैनिक मारिएको बताएको छैन।
— Rajnath Singh (@rajnathsingh) June 17, 2020The Nation will never forget their bravery and sacrifice. My heart goes out to the families of the fallen soldiers. The nation stand shoulder to shoulder with them in this difficult hour. We are proud of the bravery and courage of India’s breavehearts.

प्रतिक्रिया