राजनीति


मन्त्री महासेठले सञ्चारकर्मीलाई भिडियो खिच्न रोके

मन्त्री महासेठले सञ्चारकर्मीलाई भिडियो खिच्न रोके

नेपालखबर
असार २९, २०७६ आइतबार १०:२७,

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आइतबार मन्त्रालयमै आयोजित एक कार्यक्रमको भिडियो खिच्न सञ्चार माध्यामहरुलाई रोक लगाएका छन्।

मन्त्री महासेठले आइतबार आफ्नै मन्त्रालयमा अवरुद्ध काठमाडौं–नुवाकोट सडक सञ्चालनका लागि ज्ञापन पत्र बुझाउन गएका नेपाली कांग्रेस जिल्ला कार्य समिति, नुवाकोटको ज्ञापन पत्र बुझ्ने क्रममा पुगेका सञ्चारकर्मीहरुलाई भिडियो खिच्न रोक लगाएका हुन्। आफ्नो कार्यकक्षबाट कार्यक्रम स्थलमा प्रवेश गर्ने वित्तिकै उनले आक्रामक शैलीमा क्यामेरातर्फ औंलो ठड्याउँदै क्यामेरा बन्द गर्न सचेत गराए। ‘यसरी भिडियो लिन हुन्न,’ मन्त्री महासेठले आक्रामक शैलीमा भने, ‘क्यामरा बन्द गर्नुस्, फोटो लिनुस्, यसरी भिडियो लिन हुन्न।’

कानुनमार्फत् मिडियामाथि अकुंश लगाउने प्रयास गरिएको भन्दै सरकारको चर्को आलोचना भईरहेको छ। यही बेला मन्त्री महासेठले आदेशको शैलीमा आफू सहभागी कार्यक्रमको भिडियो खिच्न रोक लगाए। मन्त्री महासेठले सञ्चार माध्यामहरुलाई भिडियो लिन हुन्न भने पनि त्यसको कारण भने बताउन चाहेनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad