कारोबार


यति एयरलाइन्सको विमान मर्मतपछि सञ्चालनमा आउने

यति एयरलाइन्सको विमान मर्मतपछि सञ्चालनमा आउने

नेपालखबर
असार २९, २०७६ आइतबार १०:२१,

 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा चिप्लिएर दुर्घटनामा परेको यति एयरलाइन्सको विमान मर्मतपछि सञ्चालनमा आउने भएको छ।

शुक्रबार नेपालगञ्जबाट काठमाडौँ आएको विमान फ्लाइट नं. एनवाइटी–४२२ एटीआर ७२–५०० भएको विमान अवतरणका क्रममा धानमार्गमा चिप्लिएर १०० मिटर पर धाँसेमैदानमा पुगेको थियो।

नेपाली सेना, नेपाल प्रहरी, विमानस्थलका प्राविधिकलगायतको टोलीले झण्डै आठ घण्टाको प्रयासपछि सो विमानलाई तानेर विमानस्थलको पूर्वी तर्फको रिमोट पार्किङमा पु¥याएको थियो।

विमानको प्राविधिक परीक्षण गरी आवश्यक मर्मतपछि पुनःसञ्चालनमा ल्याइने यति एयरलाइन्स वरिष्ठ प्रबन्धक भीमराज राईले जानकारी दिए।

उनले विगतमा पनि धावनमार्गबाट चिप्लिएका विमान प्राविधिकले मर्मत गरेपछि सञ्चालनमा ल्याइने गरेको बताए। अहिलेको विमानमा धेरै समस्या नपरेको तर यतिकै इञ्जिनियरले विमानको सबै पाटपूर्जा परीक्षण गरेपछि अवस्था हेरेर सञ्चालनमा ल्याइने कम्पनीले बताएको छ।

मौसम सुधार भएपछि आइतबारबाटै इन्जिनियरले प्राविधिक परीक्षण र मर्मतको काम थालेका छन्। आवश्यकता अनुसार विमान निर्माता कम्पनीका इञ्जिनियर झिकाएर भए पनि विमानको मर्मत गरिने प्रबन्धक राईले बताए।

प्रबन्धक राईका अनुसार अहिलेको विमानमा धेरै क्षति भएको देखिन्न। विमानको पाटपूर्जा हेरेर सामान्य मर्मतपछि सञ्चालनमा आउनेछ उनले बताए। विमानको मर्मत गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले तोकेको मापदण्ड पुरा गरेपछि पुनः सञ्चालनमा आउने उनले बताए।

यता विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले पनि यतिको विमान मर्मतपछि सञ्चालनमा आउने जानकारी दिए।

 विमानको क्षति कति भएको त्यसको प्राविधिक प्रतिवेदनका आधारमा विमान सञ्चालनमा आउने प्राधिकरणको हवाई सुरक्षा विभागकाले जानकारी दिएको छ। उनका अनुसार हालै रामेछापमा भएको तारा एयरको विमान पनि धावनमार्गबाट चिप्लएपछि त्यसलाई मर्मत गरी केही दिनभित्रै सञ्चालनमा ल्याईएको थियो।

विमानस्थल अवरुद्ध भएपछि काठमाडौँ आउँदै गरेका अन्तर्राष्ट्रिय उडानका विमानलाई भारतको लखनउ, कोलकाता, बंगलादेशको ढाका, चिनियाँ विमानलाई ल्हासा र अन्यहरु विमानहरुलाई बैङ्कक लगायतका गन्तव्यमा ‘डाइभर्ड’गरिएको थियो। कतार एयरवेज, थाई एयरवेज, विमान बंगलादेश लगायतका आधा दर्जन बढी जहाजहरुलाई डाइभर्ट गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad