राजनीति


६५ वर्षमै वृद्धभत्ता दिन कांग्रेसको दबाब

६५ वर्षमै वृद्धभत्ता दिन कांग्रेसको दबाब

नेपालखबर
असार २९, २०७६ आइतबार ९:२८,

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले ६५ वर्ष पूरा भएका नागरिकलाई ज्येष्ठ नागरिकको मान्यता दिन सरकारलाई दबाब दिन सुरु गरेको छ।

नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले ६५ वर्ष पूरा भएका नागरिकलाई ज्येष्ठ नागरिक तोक्न सरकारलाई दबाब दिएकी हुन्। आइतबार संघीय संसदको महिला तथा सामाजिक समितिको बैठकमा ‘ज्येष्ठ नागरिक सम्बन्धि विधेयक’ माथिको छलफलमा भाग लिँदै उनले ज्येष्ठ नागरिकको उमेर ७० वर्षनै राख्नुपर्ने सरकारको प्रस्तावमा पुनर्विचार गर्नुपर्ने पार्टीको पूरानै अडान दोहो-याइन्। सचेतक भुसालले भूगोललाई हेरेर पनि सरकारले ६५ वर्ष उमेर पूरा गरेका नागरिकलाई ज्येष्ठ नागरिकको मान्यता दिई सेवा, सुविधा उपलब्ध गराउनुपर्ने तर्क पनि गरिन्। उनले विधेयकमा ‘अति ज्येष्ठ नागरिक’ भन्ने प्रावधान राखिएकोमा पनि आपत्ति जनाइन्। ज्येष्ठ नागरिकहरुलाई वर्गीकरण गर्न नहुने उनको भनाई थियो।

सत्तारुढ नेकपाकी सांसद विनुकुमारी श्रेष्ठले पनि ज्येष्ठ नागरिकहरुलाई वर्गीकरण गर्ने काम नगर्न सरकारको गम्भीर ध्यानाकर्षण गराइन्। उनले ८० वर्ष पूरा भएका नागरिकलाई विशेष सुविधाको व्यवस्था गर्न हुने तर ज्येष्ठ नागरिकहरुमाथि नै विभेद हुने गरी अति ज्येष्ठ नागरिक भन्ने प्रावधान भने राख्न नहुने स्पष्ट पारिन्।

सरकारले समितिमा पेश गरेको विधेयकमा ८० वर्ष पूरा भएका ज्येष्ठ नागरिकलाई अति ज्येष्ठ नागरिकको मान्यता दिने प्रावधान राखिएको छ। त्यसप्रति सत्तारुढ नेकपाकै सांसद श्रेष्ठको असहमति छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad