राजनीति


संविधान संशोधन विधेयक पारित गरियोस् भन्ने प्रस्तावमाथि मतदान सकियो

संविधान संशोधन विधेयक पारित गरियोस् भन्ने प्रस्तावमाथि मतदान सकियो

नेपालखबर
जेठ ३१, २०७७ शनिबार १२:७,

नेपालको परिवर्तित नयाँ नक्सा निशान छापमा समावेश गर्न नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ परित गरियोस् भन्ने प्रस्तावमाथि प्रतिनिधिसभामा मतदान सकिएको छ।

शनिबार कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नक्सालाई संविधानको अनुसूची ३ मा रहेको निशान छापमा राख्नका लागि ल्याइएको नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ पारित गरियोस् भन्ने प्रस्ताव मतदान भएको हो।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेकी हुन्।

संशोधन प्रस्तावमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलको समर्थन रहे पनि प्रक्रिया पूरा गर्नका लागि मतदान गरिएको हो।

मतदान सकिएलगतै सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो मत सच्याउन चाहनेलाई ३ मिनेटको समय दिएका छन्।

अबको केहीबेरमा नै मतपरिणम सार्वजनिक गरिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad