समाज


प्युठानमा क्वारेन्टिनमा बसेका १८ वर्षीय युवाको मृत्यु

प्युठानमा क्वारेन्टिनमा बसेका १८ वर्षीय युवाको मृत्यु

नेपालखबर
जेठ ३१, २०७७ शनिबार १२:१,

प्युठानको माण्डवी गाउँपालिका– ४ उदयपुरकोटका क्वारेन्टिनमा बसेका १८ वर्षीय एक व्यक्तिको शनिबार बिहान मृत्यु भएको छ।

उनलाई दुई दिनदेखि टाउको दुख्ने, बान्ता गर्ने र श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि बुटवल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको गाउँपालिकाका अध्यक्ष श्रीधर रोकाले जानकारी दिए।

रोजगारीका लागि भारत गएका युवक केही दिनअघि भारतबाट फर्किएर दाङको बंगलाचुली गाउँपालिकाको क्वारेन्टिनमा बस्दै आएका थिए।

क्वारेन्टिनमा मृतकसँगै रहेका १३१ जनाको पीसीआरका लागि स्वाव संकलन गरी पठाइएको थियो। यसमध्ये शनिबार ५२ जनाको रिपोर्ट आए पनि मृतक युवकको भने रिपोर्ट नआएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भक्त जिसीले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad