नेपालको परिवर्तित नयाँ नक्सा निशान छापमा समावेश गर्न नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७’ प्रतिनिधिसभामा दफाबार छलफल सुरु भएको छ।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथिको दफावार छलफल सदनमा गरियोस्’ भनी सदनमा प्रस्ताव प्रस्तुत गरेकी थिइन्।
सो प्रस्ताव सर्वसम्मतिले पारित भएपछि अहिले दफाबार छलफल सुरु भएको हो।
अहिले सदनमा नेकपामा अध्यक्ष एवं सांसद पुष्पकमल दाहाल प्रचण्डले बोलिरहेका छन्।

प्रतिक्रिया