अहिले (शनिबार बिहान) सरकारविरुद्ध प्रदर्शन भइरहेको स्थल काठमाडौंको माइतीघरबाट प्रहरीले चार विदेशी नागरिकलाई नियन्त्रणमा लिएको छ।
एक प्रहरी अधिकारीका अनुसार एक-एक जना अमेरिकी, चिनियाँ, फ्रेन्च र अस्ट्रेलियन नागरिकलाई पक्राउ गरिएको हो।
उनीहरू आन्दोलनमा सहभागी भएका थिए वा आफ्नै काम विशेषले त्यहाँ गएका थिए, एकिन भइनसकेको प्रहरीले जनाएको छ। पक्राउ परेका उनीहरुलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखेर सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।
नेपालको संविधानअनुसार नेपालको आन्तरिक आन्दोलन तथा प्रदर्शनमा विदेशी नागरिक सहभागी हुन पाउँदैनन्।
— Nisha Rai (@Neeshahere) June 13, 2020इशानलाई पक्री छाड्यो!
पीसीआर टेस्ट चाहियो? सुरक्षित क्वारेन्टाइन चाहियो? एकजना युवासँगै हाम्रो सरकार किन यस्तो विधि डराको? pic.twitter.com/1p4gyB4O2L

प्रतिक्रिया