समाज


माइतीघरबाट केही विदेशीसहित प्रदर्शनकारी प्रकाउ

माइतीघरबाट केही विदेशीसहित प्रदर्शनकारी प्रकाउ

नेपालखबर
जेठ ३१, २०७७ शनिबार ५:२७,

प्रहरीले माइतीघरबाट केही विदेशीसहित प्रदर्शनकारीलाई पक्राउ गरेको छ। 

सरकारको कार्यशैलीमा चित्त नबुझाएका युवाहरुले शनिबार माइतीघर मण्डलामा प्रदर्शन जारी राखेका छन।

महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी राजकुमार केसीका अनुसार केही विदेशीसहित प्रदर्शनकारी पक्राउ परेका छन। 

'केही पक्राउ परेका छन तर को हुन्? कहाँका भनेर विस्तृत खुल्न बाँकी छ,' प्रवक्ता केसीले नेपालखबरसँग भने।

स्वस्फुर्त आएको बताउँने सयौंका संख्यामा रहेका युवाहरु माइतीघरमा भेला भएका छन।

प्रहरीले पटक पटक कोरोनाको जोखिमका कारण भिडभाड नगर्न माइकिङ गरेपनि त्यसको अटेर गर्दै युवाहरुको प्रदर्शन जारी छ।

युवाहरुको माग पीसीआर परीक्षण बढाउनुपर्ने, क्वारेन्टिन सुरक्षित बनाउँनुपर्ने, अग्रपंक्तिमा खटिने स्वास्थ्य सेवाकर्मी र अस्पतालका कर्मचारीहरूलाई सुरक्षा दिइपर्ने तथा कोरोनाविरुद्ध सरकारले गरेको खर्च सार्वजनिक गर्नुपर्ने लगायत छन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad