संसद सचिवालयका सहसचिव सुदर्शन खड्काको सचिवमा बढुवा गरिएको छ।
सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा संघीय संसद व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले खड्कालाई सचिव पदमा बढुवा गरेको हो।
राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, उपसभामुख, महासचिव, संसद सचिवालयका अन्य सचिवहरु समेत रहेको व्यवस्थापन समितिले संसद् सचिवालयमा हुने नियुक्ती आदिबारे निर्णय गर्छ।
केहि सातापहिले सचिव भरत गौतमको महासचिवमा बढुवा भएपछि रिक्त सचिव पदमा खड्कालाई बढुवा गरिएको हो।
योसँगै संसदमा सचिवालयतर्फ ध्रुव घिमिरे र सुदर्शन खड्का दुई जना र सदन सञ्चालनतर्फ प्रतिनिधि सभाका गोपालनाथ योगी र राष्ट्रिय सभाका राजेन्द्र फुयाँल गरी चारजना सचिव भएका छन्।
तस्बिर: शेखर अधिकारी/फेसबुक

प्रतिक्रिया