ad ad

राजनीति


संघीय मामिलाले सुरु गर्यो स्थानीय पदाधिकारीका लागि अनलाइन प्रशिक्षण

संघीय मामिलाले सुरु गर्यो  स्थानीय पदाधिकारीका  लागि अनलाइन प्रशिक्षण

नेपालखबर
जेठ २९, २०७७ बिहिबार ८:२५,

सरकारले कोभिड १९ संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारमा प्रभावकारी नेतृत्व प्रदान गर्ने उद्देश्य साथ स्थानीय पदाधिकारीका लागि अनलाईन प्रशिक्षण सुरु गरेको छ । रोल .....

संकट समाधानका लागि स्थानीय सरकारको नेतृत्वकर्ताहरु नै सक्षम हुनुपर्ने निष्कर्षका साथ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले त्रिभुवन विश्वविद्यालय र इन्सिच्युट अफ क्राइसिस म्यानेजमेन्ट स्टडिजमार्फत प्रशिक्षण सुरु गरेको हो।

कोभिड १९ को संक्रमणबाट जोखिन सामाजिक दूरी कायम गर्नुपर्ने र ठुलो जमघट गर्न नहुने अवस्थालाई मध्यनजर गर्दे मन्त्रालयले अनलाइन प्रशिक्षण सुरु गरेको हो। नगरपालिकाका उपमेयरहरु स्थानीय सरकारका न्यायीक समितिका अध्यक्ष हुने भएकाले प्रशिक्षणमा उनीहरुलाई प्राथमिकतामा राखिएको मन्त्रालयले जनाएको छ।

स्थानीय सरकारका प्रतिनिधिहरुका लागि जोखिम आपतकालीन र संकट सञ्चार विषयमा दैनिक ३ घण्टाका दरले ५ दिनसम्म प्रशिक्षण दिइने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव रमेश अधिकारीले जानकारी दिए।

जुमबाट सञ्चालन गरिएको प्रशिक्षणमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषय विज्ञहरुले प्रशिक्षण दिनेछन्। कोभिड १९ र त्यसबाट उत्पन्न समस्याको प्रभावकारी र व्यवस्थित सम्बोधन गर्ने विषयमा संकटका विभिन्न आयाम, त्यसले पार्ने प्रभाव र सम्बोधन गर्नुपर्ने विषयबारेमा प्रशिक्षण दिइन्छ। उनले प्रशिक्षण कक्षमा १५ जना सहभागी राखिएको र जुममार्फत ८० प्रतिशतभन्दा बढी स्थानीय प्रतिनिधिलाई समावेश गराइएको जानकारी दिए।

प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दे युएनडिपीका आवासीय प्रतिनिधि आइशानी लाबेले उत्थानशील एंव दिगो समुदाय निर्माणमा युएनडीपीको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकार्यका विषमा प्रकाश पारेका थिए।

कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सहसचिव जयनारायण आचार्य, उपसचिव रमेश अधिकारी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डाक्टर विकास देवकोटा, नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल गौतम लगायतले संकटमा नेतृत्वले ध्यान दिनुपर्ने विषयमा प्रशिक्षण दिएका थिए। ५ दिनसम्म चल्ने अनलाइन प्रशिक्षणमा संकटमा सञ्चार र जोखिममा परेकाहरुसंगको संवाद, राष्ट्रिय सुरक्षा र संकटमा आकस्मिक सेवा, आकस्मिक जनस्वास्थ्य र स्थानीय तहको भूमिका, संकटमा नेतृत्व विषयमा जानकारी दिइने छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .