राजनीति


लकडाउन सहज बनाउनका लागि विस्तृत कार्ययोजना निर्धारण गर्न बालुवाटारमा छलफल जारी

लकडाउन सहज बनाउनका लागि विस्तृत कार्ययोजना निर्धारण गर्न बालुवाटारमा छलफल जारी

नेपालखबर
जेठ २९, २०७७ बिहिबार ७:३१,

बुधबार साँझ बसेको मन्त्रिपरिषद बैठकले लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेपछि त्यसको विस्तृत कार्ययोजना निर्धारण गर्नका लागि छलफल जारी छ।

उप–प्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र मुख्यसचिव लोकदर्शन रेग्मीसहितको टोलीको छलफल प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको छ।

‘सरकारले लकडाउन खुकुलो पार्ने विषयमा निर्णय गरेपछि त्यसको कार्यान्वयनमा आइपर्ने समस्या र अपनाउनु पर्ने सावधानीसहित कुन–कुन क्षेत्रलाई कसरी खुला गर्ने विषयमा अहिले पनि छलफल जारी रहेको छ,’ रक्षा मन्त्रालय स्रोतले भन्यो, ‘यसमा सबै निर्णय कार्यान्वयन गराउँदा आइपर्ने चुनौती र समस्याको विषय अहिले पनि छलफल छ।’

यस विषयमा विस्तृत विवरण आज साँझसम्म सार्वजनिक हुने स्रोतले जनाएको छ।

आममानिसले लकडाउन खुकुलो बनाउने पर्ने माग गर्दै विभिन्न स्थान अवज्ञा गर्न थालेपछि सरकारले छैटौँ पटकको लकडाउनको समयवधि सकिनुअघि खुकुलो बनाउने निर्णय गरेको थियो।

तर, कार्यान्वयन गराउने इकाइहरुले यस विषयमा सरकारले जानकारी नगराएको कारण कतिपय सवारी साधान सञ्चालनमा अवरोध समेत उत्पन्न भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad