ad ad

राजनीति


गगनको व्यंग्य : परीक्षण बन्द गरौँ र नेपाललाई कोरोनामुक्त देश घोषणा गरौँ

गगनको व्यंग्य : परीक्षण बन्द गरौँ र नेपाललाई कोरोनामुक्त देश घोषणा गरौँ

नेपालखबर
जेठ २७, २०७७ मंगलबार ६:३८,

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले कोरोनाको महामारी खर्च भएको रकमको हिसाब माग गरेका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद थापाले कोरोनाको महामारी रोक्न भनेर सरकारले खर्च गरेको १० अर्बको एक–एक रुपैयाँको हिसाब खोज्ने बताए।

‘१० अर्ब खर्च कहाँ भयो? हामीलाई यसको हिसाव चाहिन्छ’, थापाले भने, ‘पाँच वटा पीसीआर मेसिन, २५ हजार कीट किनेर दश अरब रुपैयाँ हिसाब देखाउनु पर्दैन? हामीलाई एक एक रुपैयाँको हिसाब चाहिन्छ।’

उनले राष्ट्रिय विपत्तिको बेलामा भ्रष्टाचारमा चुर्लुम्ब लिप्त हुन भनेको निर्लज्जताको पारकाष्टा भएको बताए।

 उनले पछिल्लो समय क्वारेन्टिन मान्छे मार्ने थलोको रुपमा देखिएको बताए। प्रधानमन्त्रीले क्वारेन्टिनमा १ लाख ६६ हजार मान्छे बस्न सक्छन् भनेको उल्लेख गर्दै उनले भने, ‘क्वारेन्टिनमा एक लाख ६६ हजार बस्छन भनेर प्रधानमन्त्री आरामले भनिरहनु भएको छ। मान्छे मार्ने कन्सेन्ट्रेसन क्याम्प हो?’

उनले कोरोना संक्रमित बढ्दै जाँदा परीक्षणको दायार झन कम भएको भन्दै असन्तुष्टि जनाए। सुदूरपश्चिम प्रदेशमा स्वाब संकलन नै रोकिएको, प्रदेश २ का हजारौँको स्वाब संकलन गरे पनि रिपोर्ट नआइपुगेको भन्दै उनले परीक्षणको दायरा बढाउन र शीघ्र रिपोर्ट दिन माग गरे।

याे पनि : क्वारेन्टिनमा बसेका डेढ लाखलाई बिनापरीक्षण घर पठाउने तयारीमा सरकार

‘अदालत, संसद र विज्ञले पीसीआर परीक्षणको दायरा बढाऊ भने पनि सुदूरपश्चिममा स्वाब संकलन रोकिएको छ, प्रदेश २ का दशौँ हजार मानिसहरुको रिपोर्ट नआएर छटपटाइरहेका बेला सरकारले परीक्षणको दायरा साँघुरो बनाउँदै छ’, उनले भने, ‘अब क्वारेन्टिनमा बसेका मानिसको पीसीआर परीक्षण नगर्ने रे? मरेको मान्छेको स्वाब संकलन नगर्ने रे। अब संक्रमित मानिसलाई १४ दिन क्वारेन्टिन राखेपछि घर पठाउने बेलामा पनि परीक्षण नगर्ने रे।’

 उनले परीक्षणको दायरा साँधुरो बनाउनभन्दा परीक्षण नै बन्द गरे एक जना पनि संक्रमित नदेखिने भन्दै सरकारमाथि व्यंग्य गरे।

‘सरकारले यसो गरे हुन्छ परीक्षण नै बन्द गर्दिने, अनि नेपाललाई कोरोना मुक्त देश भनिदिने’, व्यंग्य गर्दै सांसद थापाले भने, ‘परीक्षण नभएपछि संक्रमित एक जना पनि देखिदैन। जवाफ चाहियो, जिम्मा कसले लिने हो?

स्वास्थ्य मन्त्रालयमा भएको सरुवालाई लिएर उनले केही कर्मचारीलाई सरुवा गरेर दोषबाट भाग्न नपाइने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .