म्याटिसले ट्रम्पले पदको दुरुपयोग गरेको समेत बताएका छन्।
म्याटिसले ह्वाइट हाउस नजिकै भइरहेका प्रदर्शन नियन्त्रणका लागि सेना परिचालन गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्की देशको सेना र नागरिक समाजबीच “झुठो द्वन्द्व” सिर्जना गर्ने किसिमको भएको पनि बताएका छन्।
सिरियाबाट अमेरिकी सेना फिर्ता गर्ने ट्रम्पको निर्णयप्रति असहमति जनाएर सन् २०१८ डिसेम्बरमा राजीनामा दिएका म्याटिसले भने, “मैले यो साताका घटनाक्रमलाई नियालीरहेको छु, र यसले मलाई क्रुद्ध बनाएको छ।”
राष्ट्रपति ट्रम्पका विरुद्धमा यसअघि उनले कुनै पनि प्रतिक्रिया दिन चाहेका थिएनन्। तर प्रहरी नियन्त्रणमा रहेका जोर्ज फ्लोएडको मृत्यु भएपछि देशव्यापी विरोध प्रदर्शनबीच म्याटिसले आफ्नो भनाई सार्वजनिक गरेका हुन्।
म्याटिसको भनाइ सार्वजनिक भएसँगै राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै जेम्स म्याटिसलाई चाहिनेभन्दा बढी महत्व दिइएको प्रतिक्रिया दिए।
Probably the only thing Barack Obama & I have in common is that we both had the honor of firing Jim Mattis, the world’s most overrated General. I asked for his letter of resignation, & felt great about it. His nickname was “Chaos”, which I didn’t like, & changed to “Mad Dog”...
— Donald J. Trump (@realDonaldTrump) June 4, 2020म्याटिसले अगाडि भनेका छन्, “डोनाल्ड ट्रम्पले अमेरिकी जनतालाई एकताबद्ध गराउन कहिल्यै प्रयास गरेको मैले पाइनँ। उहाँ हामीलाई विभाजन गर्न चाहनुहुन्छ। हामीले तीन वर्षदेखि यही शैली पाएका छौं। हामीले ट्रम्पबाट परिपक्व नेतृत्व नै पाउन सकेनौं।”
प्रदर्शनकारीका बारेमा प्रतिक्रिया दिँदै म्याटिसले ठूलो संख्याका नागरिकले कानुन बमोजिम समान न्याय पाउनुपर्नेमा जोड दिए। एजेन्सी

प्रतिक्रिया