न्युयोर्क टाइम्सका अनुसार उत्तरले दक्षिण कोरिया र अमेरिकालाई विभिन्न समयमा भएको सम्झौताहरु तोड्ने चेतावनी दिएको छ।
साथै उत्तरले अमेरिकलाई अस्ताउँदो सूर्यको संज्ञा दिएको र चीनलाई भने उदाउँदो सूर्य भनेको छ।
अमेरिका र चीनबीचको विवाद बढ्दै जाँदा उत्तर चीनको पक्षमा उभिएको देखिएको छ।
न्युयोर्क टाइम्सका अनुसार उत्तरको सरकारी पत्रिका रोदोङ सिनमुनमा सरकारको अभिव्यक्ति सार्वजनिक भएको छ।
जहाँ जोर्ज फ्लोइडको हत्याले अमेरिकामा रंगभेद जकडिएर रहेको उल्लेख गरिएको छ। पत्रिकामा भनिएको छ,‘ह्वाइट हाउससम्मै प्रदर्शनकारी पुगेका छन्। यो अमेरिकाको वास्तविकता हो।’
उक्त पत्रिकामा अमेरिकी विदेशमन्त्री माइक पोम्पियोको पनि आलोचना गरिएको छ। हालै पोम्पियोले चिनियाँ कम्युनिस्ट पार्टी पश्चिमा विचार, पश्चिमा मान्यता र लोकतन्त्र भाँड्ने प्रयासमा जुटेको आरोप लगाएका थिए।
पत्रिकामा भनिएको छ,‘अमेरिकाको अस्ताउँदो र चीनको उदाउँदो स्थितीबाट पोम्पियो चिन्तित छन्।’
उत्तर कोरियामाथि लगाइएको अन्तर्राष्ट्रय प्रतिबन्ध हटाउन अमेरिका असमर्थ भएपछि पछिल्लो समय उत्तर कोरिया कडा रुपमा प्रस्तुत हुँदै आएको छ।
उत्तरले क्षेप्यास्त्र निशस्त्रीकरण गर्ने सम्झौताहरु तोड्दै हतियार परीक्षण बढाउँदै गएको छ।

प्रतिक्रिया