हिरासतमै अफ्रिकी (काला जाति) अमेरिकी नागरिक जोर्ज फ्लोइडको ‘मृत्यु’ भएपछि बर्खास्त गरिएका चार प्रहरी अधिकारीविरुद्ध नयाँ अभियोग लगाइएको छ।
यसअघि योजना बनाएरै एवं उद्देश्यसाथ नभई परिस्थितिवश फ्लोइड मारिन पुगेको अभियोग लगाइएका बर्खास्त प्रहरी अधिकारी डेरेक शोभिनविरुद्ध अब योजनाबद्ध र आशयसाथ उनको हत्या गरेको मुद्दा लगाइने भएको हो।
तर अदालतका दस्तावेज (अभियोगपत्र)मा पुराना अभियोगबारे पनि उल्लेख गरिनेछ।
यस्तै उक्त हत्याकाण्डका कारण बर्खास्त मात्र गरिएका तर कुनै अभियोग नलगाइएका अन्य ३ प्रहरीलाई पनि गैरकानुनी काममा उक्साएको र मतियार बनेको आरोप लगाइएको छ।
उनीहरूविरुद्ध नयाँ अभियोग घोषणा गर्दै मिनेसोटा राज्यका महान्यायाधिवक्ता किथ एलिसनले ती अभियोग न्यायको पक्षमा भएको बताएका छन्।
मिनेसोटाका सिनेटर एमी क्लोबसारले ट्विटमार्फत कम्तीमा यी अभियोग ‘न्यायका लागि अर्को महत्वपूर्ण कदम’ भएको बताएकी छन्।
Minnesota Attorney General Keith Ellison is increasing charges against Derek Chauvin to 2nd degree in George Floyd’s murder and also charging other 3 officers. This is another important step for justice.
— Amy Klobuchar (@amyklobuchar) June 3, 2020फ्लोइडको हत्यापछि ८ दिनयता अमेरिकाभर लगातार आन्दोलन भइरहेको छ। जातिवादी र नश्लवादी बर्बरता भन्दै आन्दोलनकारीले दिनदिनै विरोध प्रदर्शन गरिरहेका हुन्।
प्रदर्शन धेरैजसो शान्तिपूर्ण छन्, तर केही ठाउँमा झडप र हिंसा पनि भइरहेका छन्। अमेरिकी सरकारले देशका थुप्रै सहरमा कर्फ्यु लगाएको छ। बीबीसी
याे पनि: जर्ज फ्लोइडको हत्या नै भएको होः आधिकारिक पोस्टमार्टम रिपोर्ट
Shares

प्रतिक्रिया