ad ad

राजनीति


सांसद चौधरी भन्छिन्: संसदमै भारतीय चेलीको दादागिरी चल्न थाल्यो, कस्तो विडम्बना?’

सांसद चौधरी भन्छिन्: संसदमै भारतीय चेलीको दादागिरी चल्न थाल्यो, कस्तो विडम्बना?’

नेपालखबर
जेठ १९, २०७७ सोमबार ९:२५,

सांसद गंगा चौधरी सत्गौवाले नेपालको संसदमा भारतीय चेलीहरुले दादागिरी गर्न थालेको बताएकी छन्।

सोमबार प्रतिनिधिसभामा आफ्नो धारणा राख्दै सांसद चौधरीले सिमानाका हरेक गाउमा भारतले दादागिरी गर्दै आएकोमा अब संसदमै भारतीय चेलीहरुको दादागिरी चल्न थालेको बताइन्।

केही दिनअघि समाजवादी पार्टीकी सांसद सरिता गिरीले एकतर्फी रुपमा सरकारले नक्सा जारी गरेकोमा आपत्ति जनाउँदै भारतसँग छलफल गरेरमात्र अघि बढ्न सुझाव दिएकी थिइन्।

गिरीलाई जवाफ दिँदै सांसद चौधरीले भनिन्, ‘नेपालभित्र भारतको दादागिरी, नमिचिएको ठाउँ छैन, नमिचिएको गाउँ छैन्। भन्दाभन्दै भारतीय चेलीहरुको सदनभित्र पनि दादागिरी चल्न थाल्यो। भूमि मिचाहासँग सल्लाह छलफल गर्नुप-यो रे। आफ्नो जमिन मेरो हो भन्नलाई पनि मेरो देशका जमिन मिचाहासँग सोध्नुपर्ने यो कस्तो विडम्बना?’

उनले अनुदानसँग जमिन, स्वाभिमान र राष्ट्रियता कुनै पनि हालतमा साट्न नसकिने बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .