नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग संविधान संशोधन प्रस्ताव पारित गर्नेबारे आइतबार सम्मको समय माग गरेका छन्।
प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति तथा संसदीय दलका नेता देउवाले १७ गते सोहि विषयमा छलफल गर्न आफ्नो पार्टीको बैठक बोलाएको हुँदा संविधान संशोधनको प्रस्ताव त्यसपछि मात्र राख्न आग्रह गरेका हुन्।
सरकारले शुक्रबार कार्यसूचीमा राख्ने तयारी गरेको संविधान संशोधन विधेयक १८ गतेभन्दा अगाडि नहुने भएको कानुन मन्त्री शिवमाया तुम्बाहाङफेको सचिवालयले जनाएको छ।
‘नेपाली कांग्रेसका सभापतिले १८ गतेसम्मका लागि समय माग गर्नुभएको छ। उहाँले १७ गते केन्द्रीय समितिको बैठक बोलाएकाले १८ गते पछाडिमात्रै कार्यसूचीमा राख्न आग्रह गर्नुभएको छ,’ सचिवालयले दिएको जानकारीमा बताइएको छ।
याे पनि: संविधान संशोधन प्रकरण : पार्टीलाई आरोपित गरेकोमा कांग्रेसको आपत्ति
संविधान संशोधनमा किन माग्यो कांग्रेसले समय?
किन हट्यो संविधान संशोधन प्रस्ताव संसदको कार्यसूचीबाट?

प्रतिक्रिया