दैलेखमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले बिहीबार दैलेखमा १ वर्षे बालकसहित थप ८ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेको हो।
मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षण अनुसार दैलेखको नारायण नगरपालिकाका ८ जनामा संक्रमण देखिएको हो।
उनीहरुको स्वास्थ्यअवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ।
योसँगै कर्णाली प्रदेशमा संक्रमितहरुको संख्या ४६ पुगेको छ।

3
Shares

प्रतिक्रिया