अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र चीनबीच गम्भीर बन्दै गएको सीमा विवादमा मध्यस्थता गर्न आफू तयार रहेको बताएका छन्।
उनले त्यसका लागि आफ्नो तत्परताबारे भारत र चीन दुवै पक्षलाई जानकारी गराएको पनि बताएका छन्।
ट्रम्पले सो जानकारी बुधबार सामाजिक सञ्जाल ट्विटरमार्फत् सार्वजनिक गरेका हुन्।
भारत र चीनबीच सीमा विवाद पटक पटक बल्झिने गरेकाेमा पछिल्लाे समय लध्दाख र सिक्किमसँग जाेडिएका सीमामा विवाद चर्केकाे छ।
गतवर्ष कश्मिर बिषयमा भारत र पाकिस्तानबीच विवाद चर्किँदा पनि ट्रम्पले दुई पक्षबीच मध्यस्थता गर्न तयार रहेको जनाएका थिए। उनको त्यो भनाईप्रति भारतले आपत्ति जनाएको थियो भने पाकिस्तानले स्वागत गरेको थियो।
3
Shares

प्रतिक्रिया