राजनीति


नेपाली नागरिकलाई छिटै स्वदेश फर्काइनेछः प्रधानमन्त्री

नेपाली नागरिकलाई छिटै स्वदेश फर्काइनेछः प्रधानमन्त्री

नेपालखबर
जेठ १२, २०७७ सोमबार १२:६,

प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपालीलाई चाँडै स्वदेश फर्काउने काम सुरु गर्ने बताएका छन्।

उनले अति आवश्यक रहेकाहरुलाई सरकारले स्वदेश फर्काउने तयारी भएको बताए। प्रधानमन्त्रीले कहिलेदेखि फर्काउने भनेर मिति भने बताएनन्। राष्ट्रको नाममा सोमबार साँझ संबोधन गर्ने क्रममा उनले सो कुरा बताएका हुन्।

स्वदेश फर्काउन पर्ने अति आवश्यक भएका नेपालीहरुलाई स्वदेश फर्काउनका लागि विस्तृत योजना तयार पारेर तत्काल आदेश जारी गरिने प्रधानमन्त्री ओलीले बताएको छ।

नेपालीहरु धेरै रहेको देशका सरकार तथा राष्ट्रप्रमुखहरुसँग त्यहाँ रहेका नेपालीहरुको सुरक्षा र उपचारको विषयमा कुराकानी भइरहेको र उनीहरुले त्यसलाई गम्भीरतापूर्वक लिएको प्रधानमन्त्रीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad