राजनीति


उच्च मनोवलका साथ काम गर्न सशस्त्र महानिरीक्षक खनालको निर्देशन

उच्च मनोवलका साथ काम गर्न सशस्त्र महानिरीक्षक खनालको निर्देशन

नेपालखबर
जेठ ११, २०७७ आइतबार १६:८,

सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले देश र जनताको सुरक्षामा उच्च मनोबलका साथ काम गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्।

सशस्त्र प्रहरी नायब उपरीक्षक पदबाट सशस्त्र प्रहरी उपरीक्षक पदमा बढुवा भएका अधिकृतलाई आज दज्र्यानी चिह्न प्रदान गर्दै उनले नेतृत्व तहले राष्ट्र जनता र संगठनको हितमा कार्य गरेको भन्दै उनले आफूले के पाएँभन्दा पनि मैले मुलुकका लागि के गरेँ भनेर सोच्नुपर्ने उल्लेख गरे।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले आफूलाई समयसापेक्ष परिवर्तन गर्दै मुलुक र जनताको हितमा कार्य गर्नसमेत प्रहरी कर्मचारीलाई निर्देशन दिए। राष्ट्र, राष्ट्रियता र जनताभन्दा ठूलो केही नभएको उल्लेख गर्दै उनले प्रत्येक राष्ट्रसेवक कर्मचारी इमान्दार र कर्तव्यनिष्ठ काम गर्नुपर्नेमा जोड दिए।

उनले नेपाल सरकारबाट प्राप्त निर्देशनअनुसार २२१ वटा सीमा निगरानी चौकी (वीओपी) लाई एक वर्षभित्र स्थापना गर्ने लक्ष्यअनुरुप हालसम्म १२३ ठाउँमा स्थापना भइसकेको जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .