राजनीति


झलनाथको दिग्दारी- म कात्तिकमै एकताको पक्षमा थिइनँ

झलनाथको दिग्दारी- म कात्तिकमै एकताको पक्षमा थिइनँ

नेपालखबर
असार ३, २०८३ बुधबार १७:३४, काठमाडौँ

नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले आफू कात्तिकमै एकताको पक्षमा नभएको बताएका छन्।

पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई २६ बुँदे पत्र पठाउँदै खनालले सो कुरा उल्लेख गरेका हुन्।

जिल्ला जिल्लाका नेता र कार्यकर्ताले वैचारिक-सैद्धान्तिक रूपले सुदृढ पार्टी बनाउन विशेष योगदान गर्नुपर्छ भनिरहेपनि कुनै भूमिकै नपाउँदा बेचैनी भएको खनालले बताएका छन्।

‘औपचारिकरूपले नेतृत्वमा बसेकाले जिम्मेवारीसम्म पनि दिन नसकेपछि मैले ती हजारौँ कार्यकर्ताहरूको भावनालाई कसरी सम्बोधन गर्ने ? यी सब कुराले यतिबेला मेरा दिमागमा असंख्य प्रश्नहरु उठिरहेका छन,’ उनले लेखेका छन्, ‘यही अवस्थामा एउटा नेता लामो समय कसरी बस्न सक्छ ? त्यसैले आज म तपाईँलाई र तपाईँ मार्फत यो पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता र सदस्यहरूलाई सूचना पुगोस् भनेर यो पत्र लेखिरहेको छु ।’

नेकपा माओवादी केन्द्रसँगको एकतामा आफू तयार नभएको समेत उल्लेख गरेका छन्।

माओवादी केन्द्र र एकीकृत समाजवादीबीच २०८२ कात्तिक १९ गते एकता घोषणा भएको थियो।

‘तपाईं लगायत धेरै नेता कमरेडहरूको आग्रहका आधारमा म एकताबद्ध भएको हुँ,’ खनालले प्रचण्डलाई भनेका छन्, ‘म सधैँ बाम एकताको पक्षमा, एउटा एकीकृत पार्टी निर्माणको पक्षमा वकालत गर्दै आएको नेता हुँ। तर म त्यो कार्तिकमा नै एकताका पक्षमा थिइन । त्यो भन्दा चार वर्षअघि माधवजीले एमाले पार्टी विभाजन गरेर बनेको नेकपा (एस)को चार वर्षको समीक्षा गरौं भन्ने पक्षमा थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad